२० कार्तिक २०८३, शुक्रबार

तेस्रो ईन्द्रदह पर्यटन उत्सवको तयारी पुरा, ओलीले उद्घाटन गर्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । ईन्द्रदह एकीकृत पर्यटन विकास समिमितले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्धकदको शालिक रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालिक अनावरण गर्न लागिएको जानकारी दिए ।

यसअघिका दुई वटा महोत्सव तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पनि उनले जनाए ।

कार्यक्रममा बोल्दै पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले महोत्सवमा आफूहरुले पर्यटकहरुको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने, ‘यो स्थान आफैमा एक इतिहास बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाको लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’

त्यस्तै, प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोखे । उनले काजी कालु पाँडेको शीर समाधी तथा धार्मिक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिए ।

ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको स्थललाई महत्व बोकेको धारणा राखेका थिए । उनले भने, ‘१० ओटा गढी रहेको यो स्थानमा कालु पाँडेको ईच्छानुसार उनको शिर गोरखा देखिनेगरी समाधी गरेको इतिहासमा रहेको छ ।’