२० कार्तिक २०८३, शुक्रबार

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ फागुन ।  भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् ।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ । –रासस