२० कार्तिक २०८३, शुक्रबार

श्रीमान-श्रीमति नै नक्कली नोटको धन्दामा, बल्ल परे पुलिसको फन्दामा !

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा,  ६ फागुन । प्रहरीले पोखरामा नक्कली नाेटसहित २ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेको हो ।

उनीहरुको साथबाट १ हजार दरका १९ थान नेपाली रुपैयाँ, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गत माघ २२ गते पोखरा महानगरपालिका १६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग१४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।