
कावासोती, ६ फागुन । समता शिक्षा निकेतन माध्यमिक विद्यालय कावासोती २ नवलपुरले आफ्नो १० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय परिसरमा सोमबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो ।
कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल विशिष्ट आतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कावासोती नगर प्रमुख पुनले गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालयलाई आग्रह गरे। उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा कसैसङ्ग सम्झौता नगर्न आग्रह गर्दै शिक्षा क्षेत्रको बिकासका लागि नगरपालिकाबाट हुने सबै सहयोग गर्न तयार रहेको बताए ।
विद्यालयका प्रध्यानाध्यापक महेश भुर्तेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेल, कावासोती वडा नम्बर २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल, ५ नम्बर वडा अध्यक्ष हरि प्रसाद बास्तोला, वडा नम्बर ६ अध्यक्ष हेम प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख रमेश थापा, लुम्बिनी आदर्श डीग्री कलेजका प्रमुख बाबुराम राना, कुमारबर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरु प्रसाद सुवेदी, नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेल, नेपाल रेडक्रस शाखाका पुर्ब सभापति योग प्रसाद शर्मा, समता शिक्षा नेकतनका केन्द्रिय निर्देशक दिपक सन्जेल, केन्द्रिय ब्यबस्थापक सुदर्शन पौडेल, प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, बाताबरण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइरालालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक परिक्षामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । २०६६ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ भने ८ सय ७४ विद्यार्थी अध्ययनरत छन् ।












प्रतिक्रिया