
काठमाडौं, ६ फागुन । कामना सेवा विकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच आइतबार बैंकान्स्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले देशभरका सबै शाखाहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरे ।
बैकका हालसम्म देशभर ६४ वटा शाखा कार्यालयहरु रहेका छन् ।















प्रतिक्रिया