२० कार्तिक २०८३, शुक्रबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी समायोजनाका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा तत्कालीलन एमाले र माओवादी केन्द्रका नेता तथा संगठनहरूको समायोजनका विषयमा छलफल हुनेछ ।

दुई पार्टीको संगठनहरू समायोजन हुन सकेका छैनन् । संगठनहरू समायोजन हुन नसक्दा नेता तथा कार्यकर्तामा चरम अनुसन्तष्टि छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, अमिक शेरचन, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको सहभागिता रहेको छ ।