३ कार्तिक २०८३, मंगलबार

डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ३ फागुन । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ ।

अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो ।

अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत बर्ष ६.६ प्रतिशतको कमी आएको छ ।

आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बर, मा बजेट घाटा तीन खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर रहेको देखिएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो ।

नियमित तालिका अनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ ।

अमेरिकाको गत बर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

वासिङ्टनस्थित बजेट अध्ययन गर्ने स्वतन्त्र संस्था, ट्याक्सपेयर फर कमन सेन्सका कार्यकारी उपाध्यक्ष स्टेफेन एलिसले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार अमेरिकाको कुल ग्राहस्थ उत्पादनको कर्जा एक तहमा विगत केही दशकदेखि देखिने गरेको छैन ।