
-विनोद ढकाल
पिरतीप्रति लक्षित गरिएको एउटा मनपर्ने भनाई– हामी मौकामा प्रेममा पर्छौं, रोजाईले प्रेममा रहन्छौं । सम्भवतः धेरैको जीवनमा ठ्याक्कै मेल खाने भनाई हो । यो माया भन्ने चिज नै यस्तै हो नि त !
कतिपय लेखकले प्रेमका नियमहरूबारे प्रस्ट्याउने कोशीश गरिरहेका हुन्छन् । तर, बिनियम, गैरकानुनी र अवैधानिकताको खास अर्थचाहिँ प्रेम हो । त्यसैले यो जुनसुकै बेला, जहाँ पनि, जोसँग पनि हुनसक्छ । यसले समाजले तयार पारेको सीमा, राज्यले तोकेको परिधिलाई हेक्का राख्दैन । त्यसैले यो संवेदनाको आकस्मिक प्रायोजन जस्तो लाग्छ ।
समाजमा यस्ता पात्र पनि हुन्छन् जो प्रेममा भन्दा लगनशीलतामा विश्वास गर्छन् । अध्ययन गर्छन् । उद्देश्यको नजिक पुग्ने स्वार्थ र लोभ हुन्छ । कोही लोकसेवा पढ्लान्, कोही व्यापारमा सक्रिय होलान् । तिनमा प्रेमको अंकुर भन्दा पनि हबस्को सोच हावी हुन्छ । असलमा उसको जीवन तालिकाले भरिएको हुन्छ । जो तालिकासूचीमा बाँचिरहेको हुन्छ, त्यसलाई प्रेम थाहा हुुँदैन ।
प्रेम कहिल्यै पनि वयस्क हुँदैन । प्रेम एउटा अदभूत बालापन हो । जो हर समयमा हाँस्न रुचाउँछ, अलिकति तलमाथि भए रोदनको कारक बनिदिन्छ । बच्चाबच्चीको आनीबानी जस्तो
भ्यालेन्टाइन डे प्रेम बाँड्नका लागि बनाईको दिवसको ‘मानक’मात्र हो । तर हर दिन मानिस प्रेममा बाँच्नुपर्छ, प्रेममा बाँच्ने रहर जाग्नुपर्छ । त्यसैले उसमा पुलकित हुने र पीडा महसुस गर्न सक्ने दुवै ताकत जीवित हुन्छन् । जब भावमा नै बाँच्न सकिएन भने त्यो मान्छे हुनु निरर्थक छ । मान्छेको अर्थ नै संवेदना र भावहरूको उतारचढाव हो ।
मान्छेको सोच, उसका आनीबानी, व्यवाहारिक परिबन्ध र सामाजिक बन्धन वयस्क हुन्छ, हुनुुपर्छ । समाजको चक्रीय प्रणालीमा यो लागू हुने चीज हो, नेपालको सन्दर्भमा । तर, प्रेम कहिल्यै पनि वयस्क हुँदैन । प्रेम एउटा अदभूत बालापन हो । जो हर समयमा हाँस्न रुचाउँछ, अलिकति तलमाथि भए रोदनको कारक बनिदिन्छ । बच्चाबच्चीको आनीबानी जस्तो । सही प्रेमले प्राप्तिको लक्ष्य अनिवार्य राख्छ, प्राप्त हुँदा मुस्कुराइदिन्छ, हुन नसक्दा आँसुका भावहरू छचल्किन्छन् । हो, त्यहि भावका अनेक शव्दहरूको संयोजन र मिलनले जन्माउँछ कतिपय कृति, कतिपय कथा, कतिपय उपन्यास, कतिपय कविता ।
भनिन्छ– एउटा युवक त्यतिबेला भाग्यमानी हुन्छ यदि ऊ कुनै पनि युवतीको पहिलो प्रेमी बन्छ । अनि युवती त्यतिबेला भाग्यमानी हुन्छे यदि ऊ कुनै युवकको अन्तिम प्रेमी बनेकी छ भने । सम्भवतः पूर्वीय समाज या नेपाली समाजनुकुल यो भनाई यथार्थपरक नै हो । जो माया मोह र भावनाबाट दूर भाग्छ, त्यो जिम्मेवारीलाई बोझ ठान्छ । उसमा प्रेमको सही मान्यता होइन, हवसको रूची ज्यादा हुन्छ । त्यसैले जन्मिन्छन्– रामबहादुर अथवा आशारामहरू !
संवेदना गुम्न थालेपछि प्रेम अपराध बनीरहेको तथ्य एकातिर छ तर त्यसो होइन । आजको पुस्ताले प्रेमलाई सरल सृजनशिलताको आकारमा बाँध्न आवश्यक हुन्छ । एउटा उत्तर राख्छु– जेसुुकै होस् प्रेम हिंसा र अपराधको बाटोमाचाहिँ उद्दत बन्न हुन्न । संवेदनाको परिणाम आँसु र मुस्कान हुनसक्छ, रगत र बदलाभाव बन्न हुन्न
अर्को पाटो छ सहरको । सहर आधुनिक छ, मान्छेका सोचका तहहरू फरक छन् । भावनात्मक शैलीहरू आधुनिकतावादको छायाँमा सायद, गुमिरहेको छ । जसरी ठोसहरूले सहर कुरुप हुन थालेको छ, संवेदनाहरू पनि ‘क्रंक्रिट’को थुप्रोजस्तो देखिन्छ । संवेदनाको पनि नयाँ व्यापार सुरु भएको होला । तर, कतिपय आत्माहरू यस्ता पनि छन्, जो प्रेमको भुँमरीमा भित्रभित्रै जलिरहेका हुन्छन् । प्रेमका कारण अपराधहरू भएका कथा आधुनिक सहरका पत्रिकाहरूका मुखपृष्ठ हुन थालेका छन् । कतै हत्या भए, कतै एसीड फ्याँकिए, कतै बलात्कार भए, कतै प्रतिशोधका अनेक बाहनाहरू भए ।
संवेदना गुम्न थालेपछि प्रेम अपराध बनीरहेको तथ्य एकातिर छ तर त्यसो होइन । आजको पुस्ताले प्रेमलाई सरल सृजनशिलताको आकारमा बाँध्न आवश्यक हुन्छ । एउटा उत्तर राख्छु– जेसुुकै होस् प्रेम हिंसा र अपराधको बाटोमाचाहिँ उद्दत बन्न हुन्न । संवेदनाको परिणाम आँसु र मुस्कान हुनसक्छ, रगत र बदलाभाव बन्न हुन्न ।
प्रेम दिवस हो । धेरै आजकै दिन जीवनका बाँकी दिनहरू रसमय बनाउन चहान्छन् । सम्झिन चहान्छन् । त्यसैले लगनगाँठोमा बाँधिने कम छैनन् । जीवनको उत्तरार्धमा पुग्दा यहि पूर्वाद्धको मिठो यादलाई स्मरणमा उतार्न चहान्छन् । यसैले भावहरूको गहिराईमा उभिएर भनौं– प्रेम जिन्दावाद !















प्रतिक्रिया