२९ आश्विन २०८३, बिहिबार

जनयुद्धप्रतिको बुझाई : के ठीक, के बेठीक ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

नेकपा र फागुन १ गते । पार्टीभित्र अझै लयमा आउन नसकेको मिति । तत्कालीन माओवादीले आफ्नो पात्रोमा सबैभन्दा बढी हाइलाइट गरेको मिति । अर्थात् जनयुद्ध दिवश । घटना एक बुझाई फरक फरक । कसैलाई यो सयका सय ठीक लाग्छ, कसैलाई पचास प्रतिसत ठीक र पचास बेठीक लाग्छ र कसैलाई सयका सय बेठीक लाग्छ ।

अनि कसैलाई यो हर्षोल्लासका साथ मनाउनु परेको छ किनभने त्यसैमा आफ्नो जीवन छ । र, कसैलाई यो देख्दै ऐंठन हुन्छ किनभने त्यहाँ उसको जीवन थिएन, छैन र हुनेछैन ।

जनयुद्ध निरपेक्ष हिंसा थियो कि निरपेक्ष क्रान्ति? यो प्रश्नको उत्तर सहज छैन । यो प्रश्नको उत्तर न्यायाधीशको किस्सा जस्तो सधैं बनाउन सकिदैन, हुदैन । न्यायाधीशको किस्सा यस्तो छ:  एउटा मुद्धामा बहस चल्दै थियो । एक दिन न्यायाधीशको घरमा सोही मुद्धाका वादी वकिल आए र आफ्नो दलील पेश गरे ।

न्यायाधीशले भने, “तपाईंको कुरा ठीक !”  एकछिन पछि प्रतिवादी वकिल आएर आफ्नो दलील पेश गरे । न्यायाधीशले अन्त्यमा भने, “तिम्रो कुरा ठीक !” वकिल गईसकेपछि खाना खादै गर्दा न्यायाधीशकी श्रीमतिले कुरा कोट्याइछिन् , “हैन हजुरले वादी प्रतिवादी दुबैलाई “तपाईंको कुरा ठीक भनेर पठाईदिनु भयो । एउटा मुद्धामा वादी प्रतिवादी दुबै त ठीक नहोलान् नि !” न्यायाधीशले श्रीमतिलाई उही उत्तर दोहोर्याए, “तिम्रो कुरा ठीक!”

हो, जनयुद्धलाई हेर्ने मामिलामा नेकपामा एउटै बुझाई अपेक्षित छ । आफूले विगतमा कमाएर ल्याएको नेकपाको यो सम्पत्ति जत्ति हो त्यत्तिकै हिसाब किताब कुनै बेला होला । त्यतिबेला हाल जनयुद्धलाई अनावश्यक बढाई चढाई गर्नेहरु र यसलाई विलकुलै अवमूल्यन गर्नेहरुले पराजय ब्यहोर्नु पर्ने होला । जनयुद्धको अति मोह र अति पूर्वाग्रह दुवै त्याज्य छन् ।

नेकपा सैद्धान्तिक, वैचारिक, सांगठानिक र व्यवहारिक संक्रमणबाट गुज्रिरहेको छ । फरक पार्टी हुँदाका कैयन् अभ्यासहरु स्वतःनिलम्वित हुनेछन् । अवश्यमेव जनयुद्धसंग जोडिएका बुझाई र व्यवहार त्यही कोटीमा पर्दछन् 

पूर्वीय महान द्रष्टा चाणक्यले विगत, वर्तमान र भविष्यबारे कालजयी धारणा व्यक्त गरेका छन् । उनी भन्छन्–

“गते शोक नकर्तव्यं भविष्य नैव चिन्तयत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणा ।।”

जनयुद्ध नेकपाको विगत हो, वर्तमान होईन । विगतले वर्तमानलाई अनावश्यक प्रभाव पारिरह्यो भने भविष्यको यात्रा नराम्ररी प्रभावित हुन्छ । विगतमा फरक–फरक पार्टी अस्तित्वमा हुँदाका मान्यतामै अडिएर कहीं पुगिदैन । असम्भवझैं लाग्ने कैयौं वैचारिक, सैद्धान्तिक र सांगठानिक भिन्नतामा डोजर चलाएर यहाँसम्म आईपुगेको सत्तारुढ नेकपाभित्र जनयुद्धको बारेमा दुई किनारामा उभिरहनु चाहिं “हात्ती छिर्यो पुच्छर अड्क्यो” जस्तो मात्र हुन्छ । “शान्तिपूर्ण प्रतिस्पर्धात्मक”बाटोमा हिड्ने पार्टीको आधिकारिक लाईनले यस्ता कुरामा आउने विवादलाई समाधान दिन्छ, दिनुपर्छ ।

कम्युनिष्टलाई अरुसंग फरक बनाउने धेरै विषय छन् । ती मध्ये सबभन्दा प्रमुख हो ः तिनीहरु द्वन्द्ववादी हुन्छन् । उनीहरु हरेक वस्तु, घटना र प्रक्रियालाई विभिन्न कोणबाट विश्लेषण गर्छन् । सकारात्मक र नकारात्मक पक्ष केलाउछन् र निक्र्योल गर्छन् । नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउन द्वन्द्ववादको प्रयोग नगरी सुखै छैन । नेता कार्यकर्ताले जनयुद्धलाई महान भने भीरबाट खस्ने र विरोध गरे पहिरोमा फस्ने परिस्थितिबाट मुक्त पार्नु आवश्यक छ ।

नेकपा सैद्धान्तिक, वैचारिक, सांगठानिक र व्यवहारिक संक्रमणबाट गुज्रिरहेको छ । फरक पार्टी हुँदाका कैयन् अभ्यासहरु स्वतःनिलम्वित हुनेछन् । अवश्यमेव जनयुद्धसंग जोडिएका बुझाई र व्यवहार त्यही कोटीमा पर्दछन् ।

नेकपाले फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धान्जली कार्यक्रम गर्ने जुन निर्णय गर्यो, यो उचित, समन्वयकारी र संक्रमणकालीन निर्णय मान्न सकिन्छ । नेकपाका सबै आयामहरुको पूर्णतापछि स्वतःयो समस्या पनि समाधान भईहाल्छ । जनयुद्ध नेकपाको दराजमा सजाउने सुन्दर किताब हो, तर वर्तमानको लागि चाहिं पल्टाईरहन पर्दैन ।