२९ आश्विन २०८३, बिहिबार

त्यो एउटा हत्याले संसारलाई प्रणयमा बाँधेको दिन

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-शारदा गैरे

प्रेमका लागि कुनै बाहना आवश्यक छैन तर बाहनाबिनाको प्रेमको अस्तित्व पनि नहुँदो हो, सायद । प्रेममा अडिएको संसारभित्र प्रेमीप्रेमिकाका लागि सन्दर्भअनुसारका सम्बन्ध जीवित हुन्छन् । उदाहरणका लागि मुना मदन, हिर रझा, लैला मजनु अथवा रोमियो जुलियट जस्ता कथा मात्रै पनि काफी छैनन् । प्रणय, प्रतिक बनिरहेको छ हर दिन । प्रत्याक्रमण गरिरहेको छ दिनले, प्रेमिल जोडी र जीवनलाई ।

फ्रेबुअरी १४ लाई विश्वभरिकै प्रेमी–प्रेमिकाले भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाउँछन् । यस दिनलाई खुसीयालीको रुपमा मनाइने प्रचलन भए पनि यसको अन्तरकथा पीडादायक छ । विवाह गरेमा पुरुषको बल र विवेक नासिन्छ भन्ने रोमन सम्राटको विरोध गर्दा पादरी भ्यालेन्टाइनको हत्या गरिएको थियो ।

भ्यालेन्टाइनले क्रुर रोमन सम्राटलाई चुनौती दिएका थिए, विवाहले मानिसलाई शारीरिक र मानसिक रुपमा सन्तुुष्ट बनाउँछ र शक्तिशाली बनाउँछ भन्ने तर्क थियो, भ्यालेन्टाइनको । तर, भ्यालेन्टाइनको विचारलाई रोमन सम्राटले राजाज्ञा उल्लंघन माने । र, मृत्युुदण्ड सुनाए । उनै भ्यालेन्टाइनको विचारलाई सही मान्दै आजका युवापुस्ताले १४ फेबु्रअरीको दिनलाई प्रेम दिवको रुपमा मनाइरहेका छन् ।

एक दशक अघिसम्म भ्यालेन्टाइन डे कुन चरीको नाम हो भन्ने थाहा थिएन नेपाली युवायुवतीलाई । पछिल्लो समयमा भने यसको आकर्षण नपत्याउँदो ढंगले बढिरहेको छ । खासगरी, सहरी युवापुस्ताबीच भ्यालेन्टाइन डेले पर्वको अघोषित मान्यता पाएको छ । युुवायुवती गफ गरेको, अँगालो मारेर हिँडेको देख्दा पनि अचम्म मान्दै जिब्रो टोक्ने गाउँका युुवायुुवतीलाई समेत यसले आफ्नो अंगालोमा पारिसकेको छ ।

आजका युवापुुस्ताले जसरी भ्यालेन्टाइन डे मनाइरहेका छन्, त्यसले सन्त भ्यालेन्टाइनलाई सम्मान गरेको छ त ? सन्त भ्यालेन्टाइनले प्रेमका लागि जसरी जीवन फाँसीमा चढाएका थिए, त्यसलाई अनुुशरण गरेका छौं त हामीले ? सन्त भ्यालेन्टाइन प्रेम खरिदबिक्रीको एउटा बहाना मात्र भएका छन्

भ्लालेन्टाइनको लहर नेपालसम्म आइपुुग्दा धेरै विकृति पनि बोकेर आएको छ । भ्यालेन्टाइन डे भन्ने वित्तिकै पार्कमा घुुम्न जाने, रेष्टुुरेण्ट बुुकिङ गर्ने, मादकपदार्थ सेवन गरेर हा–हु गर्ने भड्किलो प्रचलन युुवापुस्तामा हाबी हुुँदै गएको छ । लाग्छ, अहिले त भ्यालेन्टाइन डे नमान्ने युुवायुुवतीले त ‘पाखे’को उपाधि पाउँछन् ।

यसैले जानेर–नजानेर, चाहेर–नचाहेर पनि भ्लालेन्टाइन डे मान्ने र मनाउनेहरू धेरै छन् आजभोलि । आजका युवापुुस्ताले जसरी भ्यालेन्टाइन डे मनाइरहेका छन्, त्यसले सन्त भ्यालेन्टाइनलाई सम्मान गरेको छ त ? सन्त भ्यालेन्टाइनले प्रेमका लागि जसरी जीवन फाँसीमा चढाएका थिए, त्यसलाई अनुुशरण गरेका छौं त हामीले ? सन्त भ्यालेन्टाइन प्रेम खरिदबिक्रीको एउटा बहाना मात्र भएका छन् ।

हो, प्रेम बिनाको जीवन निस्सार हुन्छ । प्रेम भएन भने घृणा जन्मन्छ । र, जुन घृणा जीवनयापनका लागि घातक हुन सक्छ । घृणालाई जित्ने एउटै अस्त्र नै प्रेम भएकाले प्रेम दिवस मनाउनु राम्रो हो । तर, दिवसका नाममा विसंगति भित्राउन पाइन्न । अहिलेको पुुस्ताले प्रेम दिवसको मर्मलाई ठीक ढंगले बुुझेको छैन । किनभने, प्रेम प्रेमी–प्रेमिकामा मात्र हुने होइन, आफन्तहरूसँग पनि बसेर प्रेम दिवस मनाउन सकिन्छ ।

मानिस जन्मेपछि कुनै न कुनै माया बन्धनमा जेलिन्छ । चाहे त्यो आमा–बाबुुसँगको प्रेम होस् या आफन्त र साथीसँगी बीचको प्रेम । बदलिंदो परिवेश र व्यस्तताका कारण कतिपय मानिसलाई आफ्नो परिवारको बारेमा सोच्ने फुर्सद पनि छैन, यो अर्थमा प्रेम दिवसको महत्व झन् झन् बढेको छ । तर, प्रेम दिवसलाई युुवायुुवतीबीच कार्ड साट्ने र पार्टीमा जम्ने दिनका रुपमा मात्रै बुुझ्नुु गलत पनि हुन्छ । प्रेम दिवस सांस्कृतिक गतिशिलता त होला तर, परिवर्तनको नाममा प्रेमलाई कामवासनासँग जोड्न हुुँदैन ।

हुन त प्रेमी प्रेमिकाको भावनाको कदर गर्ने मामिलामा नेपाली समाज भ्यालेन्टाइन डे भित्रिनुुअघि पनि कठोर थिएन । रोमियो जुलियट, लैला–मजनू, राम–सीता, मुना–मदन, मालती–मंगलेजस्ता आदर्श प्रेमी प्रेमिकाहरूको नाम नेपाली जनजीब्रोमा बर्षौ अघिदेखि झुण्डिरहेको छ । शिवरात्रीमा नांगा बाबाहरूको लिंग पूजा गर्ने पनि हामी नेपाली नै हौं ।

सच्चा प्रेममा त्याग, बलिदान र समर्पणको भावना हुन्छ । त्यसैकारण जसले जीवनमा कसैको सच्चा प्रेम पाएको हुन्छ, ऊ भाग्यमानी हुन्छ । भावनामा कोमलता, मुुटुमा संवेदनशीलता र मनको निष्छलतामा प्रेम उदय हुन्छ । यस्तो प्रेममा अधभूत शक्ति हुन्छ । यस्तै प्रेमलाई अमर प्रेम भनिन्छ

बर्षका तीन सय पैंसठ्ठी दिनहरूमा चारसय जति दिवस र पर्व मनाउने नेपाली समाजमा विदेशी भए पनि एकदिन प्रेमका नाममा उत्सव मनाउंदा फरक पर्दैन भन्नेहरू पनि छन् । प्रेम सबैले गरे पनि मान्छेको प्रेमसम्बन्धी अनुुभव, भोगाइ, सोचाइ र विचारचाँहि निश्चित रुपमा फरक हुन सक्छ ।

प्रेम त हृदयमा उब्जने तिर्खा हो । हर कोही प्राणी प्रेमको भोको हुन्छ । सच्चा प्रेममा त्याग, बलिदान र समर्पणको भावना हुन्छ । त्यसैकारण जसले जीवनमा कसैको सच्चा प्रेम पाएको हुन्छ, ऊ भाग्यमानी हुन्छ । भावनामा कोमलता, मुुटुमा संवेदनशीलता र मनको निष्छलतामा प्रेम उदय हुन्छ । यस्तो प्रेममा अधभूत शक्ति हुन्छ । यस्तै प्रेमलाई अमर प्रेम भनिन्छ ।

सन्त भ्यालेन्टाइनप्रति सम्मान गर्ने नै हो भने घरपरिवार, साथीभाइमा प्रेमपूर्वक व्यवहार गरौं, भ्यालेन्टाइन डेका दिन महंगा गिफ्ट, लभसाइन किन्ने पैसा बृद्धाश्रममा दान दिऔं ।

प्रणय दिवसलाई अझ सम्झन योग्य बनाउन सकिन्छ भने भोजनको खोजी गरिरहेको भोको प्रेमजोडीलाई सहयोग गरौं । विछडिएका कारुणिक कथाका पात्रहरूलाई पर्व आएको जस्तो मिलन विन्दुका गाँस्न सहयोग गरौं ।

धेरै प्रेमका कथाहरू वियोगमा टुंगिएका छन् । धेरै खुसीका नेपथ्यहरू पीडादायक छन् । ति नेपथ्यहरूलाई गतिलो इतिहास बनाउने हो भने व्यक्तिवादी र बासनामा होइन, प्रणय अरुका लागि उपासनामा सम्झना योग्य बनाउन सकिन्न र ?