२० कार्तिक २०८३, शुक्रबार

सवारी दुर्घटनामा दुईको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २९ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालिका–२ बस्ने मोटरसाइकल चालक ४२ वर्षीय युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षीय पीताम्बर पाठकको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । –रासस