
-मिना बुढाथोकी
सल्यान, २९ माघ । सल्यानको एक प्राविधिक कलेजले आफ्ना सबै विद्यार्थीलाई आधारभूत पत्रकारिता तालिम दिएको छ ।
विद्यार्थीको चौतर्फी विकासका लागि विषयगत किताब मात्रै पढाउनु भन्दा पनि पत्रकारिता क्षेत्रमा पनि सहभागी गराउँदा चौतर्फी विकासमा मद्दत पुग्ने भन्दै सात दिने तालिमको आयोजना गरेको हो ।
संकल्प प्राविधिक तथा व्यवसायिक ट्रेनिङ कलेज श्रीनगरमा उद्यम विकास सहजकर्ता विषय पढी रहेका विद्यार्थीले पत्रकारिता तालिम पाएपछि निकै उत्साहित भएका छन् ।
शिद्दकुमाख गाउँपालिका–५ माझखर्क सल्यान हाल श्रीनगरमा रहेको संकल्प प्राविधिक तथा व्यवसायिक ट्रेनिङ कलेजमा उद्यम विकास सहजकर्ता इडीएफ पढिरहेकी डम्बरी कुमारी खड्काले आधारभूत पत्रकारिता तालिम लिएपछि आफू जुनसुकै ठाउँमा गएर पनि निर्धक्कसँग बोल्न सक्ने बताउँछिन् ।
केही समय अघि सम्म कसैसँग बोल्न र कुरा गर्न समेत लाज मान्ने गरेको उनुभव सुनाउँदै उनले हाल पत्रकारिता तालिम लिएपछि आफ्नो त्यो डर हराएर गएको बताइन् ।
टेक्नीकल कलेज श्रीनगरमा उद्यम विकास सहजकर्ता इडीएफमा अध्ययन गरिरहेका विद्यार्थी र अन्य गरि ३१ विद्यार्थी आधारभूत तालिममा सहभागी भएका हुन् ।












प्रतिक्रिया