
काठमाडौं, २९ माघ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा डेरा गरी बस्ने लालबहादुर राईले नौ महिनासम्म लिभिङ टुगेदरमा राखेकी ३५ बर्षिया सोनियाको हत्या गरेको स्वीकारेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अभियुक्तले प्रहरीसँगको बयानमा हत्या गरेको स्वीकार गरेका छन् । सोनियाका पति दक्षिण कोरियामा कार्यरत छन् ।
सोनियाँको सोमबार साँझ हत्या भएको थियो । मदिरा सेवन गरी आएका लालबहादुरले हत्या स्वीकारेका हुन् ।
विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । सोही रकमको लेनदेनका विषयमा विवाद बढेपछि हत्या गरिएको अहिलेसम्मको अनुसन्धानले खुलेको हो ।












प्रतिक्रिया