२० कार्तिक २०८३, शुक्रबार

मिर्गाैलापीडित बालिकाको उपचारका लागि दुई लाख सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, २७ माघ ।  मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गाैलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य भिष्म बुढाथोकीले बालिकाकी आमा शुकमायालाई हस्तान्तरण गर्नुभएको थियो ।

तीन महीनादेखि मिर्गाैला रोगबाट पीडित बालिकाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महीनाअघि खुट्टा सुनिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गाैला खराब भएको पत्ता लागेको थियो । –रासस