
काठमाडौँ, २५ माघ । सुनको मूल्य प्रतितोला ६२ हजार नाघेको छ। शुक्रबार सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार प्रतितोलमा ६२ हजार रुपैयाँ कायम भएको सुन शुक्रबार पुनः एक सय रुपैयाँले बढेर ६२ हजार १ सय रुपैयाँ पुगेको हो। बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कायम छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ। चाँदीको भाउ भने स्थीर छ।















प्रतिक्रिया