काठमाडौं, २२ माघ । धादिङमा चार किलो सुन बरामद भएको विषय निकै विवादित भएसँगै ३ नं प्रदेशका डिआइजी दिपककुमार थापा पनि मुछिएका छन् ।
सुन बरामदमा थापाका सुराकी पनि परिचालन भएको प्रधानकार्यालयको अनुसन्धानमा देखिएपछि उनी मुछिएका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
प्रदेश ३ का डिआइजी थापाले प्रहरीको कुनै कमीकमजोरी नभएको बताउँदै आएका छन् । धादिङ प्रहरीले सुन बरामद भएपछि उनलाई जानकारी दिएर पत्रकार सम्मेलन गरेको छ ।
सो सुन बरामद गर्न हेटौडाबाट छुट्टै टोली समेत खटिएपनि धादिङ प्रहरीले नै बराद गर्न सफल भएको थियो । प्रहरी प्रधानकार्यालयले केही दिन अघि तीन एसपीको सरुवा गर्दे दुईलाई शंकाको घेरामा राखेको छ । जसमध्ये सिन्धुलीका रामेश्वरप्रसाद यादव र धादिंङका डम्बर बिकलाई शंकाको घेरामा राखेको हो ।
धनुषाका एसपी गोविन्द थपलियालाई भने ललितपुर परिसरको जिम्मा दिइएको छ, धादिङका बिक र सिन्धुलीका यादवलाई सात महिनामै प्रहरी प्रधानकार्यालय तानेको हो । यादवले गाँजा तस्कर र क्रसर व्यवशायीसँग पैसा असुलेको र बिकले चार किलो सुनको पत्रकार सम्मेलन गर्दा विवाद उत्पन्न भएकाले दुवैलाई निगरानी गर्नु परेको प्रधानकार्यालय स्रोतले जनाएको छ ।
प्रधानकार्यालय स्रोतका अनुसार धादिङमा बरामद भएको सुनलाई प्रहरीले नै फटाई गरेको हो कि भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । लामो समयदेखि त्यही नाकाबाट तस्करी गर्दे आएका सुन तस्करले १९ पुसमा प्रहरीलाई झुक्याउन सफल भएकि प्रहरीले फट्याई गरेको हो भन्ने अझै नखुल्दै धादिङका एसपीलाई मूख्यालयमा तानिएर कारवाही शुरु गरिएको हो ।
सोही नाकाबाट १९ पुसमा चार किलो सुन नुवाकोट, धादिङहुदै राजधानी भित्रदै छ भन्ने सुचना धादिङ प्रहरीमा पुग्¥यो । २० पुसमा धादिङ प्रहरीले त्यसलाई सार्वजनिक ग-यो ।
त्यतिबेला धादिङ प्रहरीलाई सुन बरामद भएको खुशी बाड्न निकै हतार भयो । पक्राउ परेका व्यक्तिलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक ग-यो । तर प्रहरीले मुचुल्का गरी पठाएको सो सुन राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा धातु ढलोट र तामा भएको खुल्यो ।
पक्राउ परेका व्यक्तिलाई सामान्य सोधपुछ पनि नगरी सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित धादिङ प्रहरी प्रमुख एसपी डम्बरबहादुर बिकलाई प्रधानकार्यालय तानेर अनुसन्धान थालिएको छ । हाल उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।
चार किलो सुन नक्कली भएको समाचार प्रकासित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ ।
सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि उनको लापारवाही भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग स्पष्टीकरण लिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले तीनजनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको थियो । परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको थियो । तर, बरामद गरिएको सुन नै भएको र पछि चलखेल भएको आशंका गरिएको भएपनि प्रधानकार्यालयको अनुसन्धानमा भने त्यस्तो देखिएको छैन ।
सुन भनेर बुझाएको धातु अन्य भएको खुलेपछि साटफेर भएको आशंका राजस्व अनुसन्धान विभागका अधिकारीले नै गरेका थिए । सुरुमा अभियुक्तले केही नबोलेको र ल्याब रिपोर्ट आइसकेपछि मात्र नक्कली भएको बताएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेलले दावी गरेका थिए ।
प्रहरीले धादिङको गजुरीबाट १९ पुसमा बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङको साथबाट सुन बरामद गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले एसपी रामेश्वरप्रसाद यादवलाई सिन्धुलीबाट हटाएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको छ । घुस खाएको प्रमाण फेला परेपछि त्यहाँबाट हटाएर उनीमाथि कारबाही अघि बढाइएको हो ।
गाँजा कारोबारी तथा क्रसर सञ्चालकहरूसँग पैसा लिएको उजुरीमा छानबिन गर्दा वास्तविकता रहेको खुलेपछि उनलाई जगेडापुलमा सरुवा गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको हो । उनले क्रसर तथा वालुवा व्यापारीहरूसँग पनि पैसा असुलेका थिए । उनी निलम्बनमा पर्ने सम्भावना छ ।
तर निलम्बन नगर्न नेताहरूमार्फत उनले आईजिपी सर्वेन्द्र खनाललाई दबाब दिन थालेको बुझिएको छ । पाँच महिनाअघि उनले राजमार्गमा अवैध रूपमा चल्ने सवारीसाधनबाट पैसा लिएकोमा समेत छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा एसपी चक्रबहादुर सिंहलाई पठाएको छ ।















प्रतिक्रिया