– विवेक विश्वकर्मा
भैरहवा २२ माघ । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवाले मृगौला बिरामीहरुका लागि निशुल्क डायलासिस सेवा शुरु गरेको छ ।
मेडिकल कलेजले विहीवार भैरहवामा पत्रकार सम्मेलन गरी बिरामीहरुको सेवालाई ध्यानमा राखेर अस्पतालमा निशुल्क डायलासिस सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
मेडिकल कलेजले १८ बर्ष पुरा गरी १९ बर्ष प्रबेश गरेको अबसरमा ओपिडि टिकट तथा नर्मल बेडमा पनि पुर्ण रुपमा छुट प्रदान गरिएको कलेजका जन सम्पर्क अधिकारी शुशिल गुरुङले जानकारी दिए ।
शुरुमा ५ जनालाई सेवा प्रदान गर्ने र १० जना सम्मलाई उपचार गराउने अस्पतालले लक्ष्य लिएको गुरुङले जानकारी दिए । डायलासिस सेवा लिन आउने बिरामीहरुले वडा तथा गाविसको सिफारिस पश्चात जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा उपचार गरिने उल्लेख गरिएको छ ।
एउटा बिरामीलाई २ बर्ष सम्म निशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । यस सेवा बाट लुम्बिनी अञ्चलका ६ जिल्ला लगायत प्युठान, रोल्पा, रुकुम, दाङ, बाँकेका बिरामीहरु लाभाम्वित हुने कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताए ।














प्रतिक्रिया