३ कार्तिक २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्यमा भारि वृद्धि, कति बढयो मूल्य ?

54.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको छ ।

निगमका अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप दुई रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्य ९७ रुपैयाँ कायम गरिएको छ ।

यो मूल्य समायोजनपछि निगमले १५ दिनमै एक अर्ब १६ करोड रुपैयाँ नाफा कमाउनेछ । निगमले हवाई ईन्धन र ग्यासको भाउ भने बढाएको छैन ।

ग्यास कारोबारमा निगमलाई प्रतिसिलिन्डर ३३ रुपैयाँ घाटा छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।