३ कार्तिक २०८३, मंगलबार

गण्डकी विकास बैंकको शाखा रुपन्देहीको ओमसतियामा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । गण्डकी विकास बैंकले रुपन्देहीको ओमसतिया गाँउपालिका ठूटिपिपलमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले शाखाको औपचारिक उद्घाटन गरे ।

केवटले गण्डकी विकास बैंकले ग्रामीण भेगका जनताको माग र चाहना अनुसार आधुनिक प्रविधिको प्रयोग गर्दै बैंकिङ सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुका साथै बैंकले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र यसका लागि गाउँपालिका सहयोग गर्न सदैव तयार रहेको बताए ।

बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नं. २ का अध्यक्ष ज्ञानेश श्रेष्ठ तथा आस्था श्री बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लक्ष्मण कुमार श्रीषले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत मन्तव्य राखेका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएक, एटीम, सि–आस्वा, आईपीएस, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ छ।

यस्तै लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिनै बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गर्दै ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।