१ कार्तिक २०८३, आइतबार

धुवाँ फाल्ने गाडीलाई राजधानीमा ‘नो इन्ट्री’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baddooकाठमाडौं, २२ माघ। धुवाँ फाल्ने गाडी राजधानीमा चल्न नपाउने भएका छन् । सरकारले १५ वर्षअघि बनाएको सवारीसाधन प्रदूषण मापदण्ड संशोधन नगर्दा धुवाँको मुस्लो फाल्ने गाडीले उन्मुक्ति पाइरहेका छन्।

बीस वर्ष पुराना गाडीलाई आधार मानेर २०५६ सालमा तय गरिएको मापदण्डका कारण धुवाँको मुस्लो उडाउने गाडीले प्रदूषणमुक्त भएको प्रमाणपत्र ग्रिन स्टिकर पाइरहेको अन्पूर्ण पोष्टमा छापिएको छ ।

ग्रिन स्टिकर दिने समयमा सरकारले गर्ने प्रदूषण परीक्षणमा आक्कल झुक्कलमात्रै सवारीसाधन फेल हुन्छन्। यस मापदण्डले २०५६ सालपछि भित्रिएका सवारीसाधनलाई सम्बोधन गरेको छैन् ।

पुरानो मापदण्डअनुसार औसत गाडीले निकाल्ने सेतो धुवाँ कार्बनमोनोअक्साइडको मात्रा तीन ग्राम प्रतिकिलोमिटरभन्दा बढी हुनु हुँदैन। त्यस्तै कालो धुवाँ हाइड्रोकार्बन एक हजार ग्राम प्रतिकिलोमिटरभन्दा बढी हुनु हुँदैन।

पुराना गाडीले योभन्दा धेरै बढी धुवाँ निकालिरहेका छन्। तीनपांग्रेका लागि भने हाइड्रोकार्बन ७८ हजार तथा कार्बनमोनोअक्साइड ४.५ ग्राम प्रतिकिलोमिटरभन्दा तल हुनुपर्ने व्यवस्था छ। यो मापदण्ड संसारका अन्य देशको तुलनामा धेरै बढी हो।

मापदण्डको अंक घटाएमात्रै धुवाँको मुस्लो निकाल्ने थोत्रा गाडी कारबाहीमा पर्न सक्छन्। यो मापदण्ड युरो मापदण्डका गाडी भित्रिनुअघिको हो। अहिले नेपालमा युरो तीनभन्दा कम मापदण्डका गाडी ल्याउनै पाइँदैन।