२८ आश्विन २०८३, बुधबार

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने रोग अधिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २२ माघ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेको छ ।

जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो ।

सो कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिला शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।

विशेषतः जिल्लाको गनापुर, साईगाउँ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सबैभन्दा बढी सो समस्याबाट पीडित रहेका छन् ।

कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको बताइएको छ ।