काठमाडौं, २२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका एक कामदारको लगेजबाट १२ किलो सुन बरामद गरेको छ ।
दुबईबाट काठमाडौं आएको कतार एयरवेजको उडानबाट काठमाडौं आएका झापाका बोधराज पौडेलको लगेज खानतलासी गर्दा १२ किलो सुन फेला परेको प्रहरीले जनाएको समाचार नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
चार पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि उनी दुबइ गएका थिए ।
पौडेलले आफू भरियामात्र भएको बताएका छन् ।
उनले दुवईका एक ब्यक्तिले सुन काठमाडौं लैजान भनेपछि बोकेर ल्याएको बताएका छन् ।















प्रतिक्रिया