१ कार्तिक २०८३, आइतबार

बोल्दा बोल्दै बाबुरामको गला अबरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौं, २२ माघ । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नेवा तथा तामसालिङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दा उनको गला अवरूद्ध भएको हो।

नारायणकाजी पछि बोल्ने पालो थियो बाबुराम भट्टराईको। तर उनी कार्यक्रममा आइपुगेका थिएनन्।

यो बीचमा कलाकारले गीत गाउन थाले करिब १५ मिनेटपछि बाबुराम आए र आउनासाथ बोल्न थाले। पहिलो वाक्यदेखि नै बाबुरामका गला अवरूद्ध भएका थियो।

उनी भन्दै थिए, २० वर्षअघि आजकै दिन९२०५२ माघ २१ गते० ४० बुँदे माग लिएर म सिंहदरबार गएको थिएँ, तत्कालीन सरकारले हामीलाई वार्ताका लागि बोलाउने कष्ट पनि गरेन। अनि माघ २८ गते म झोला बोकेर पश्चिम नेपालतिर लागेको थिएँ।

आज २० वर्षपछि म फेरि झोला बोकेर पश्चिम नेपाल जाँदैछु। त्यतीबेला पनि उत्पीडित जनताको पक्षमा हिँडेको हो,तर त्यो संघर्षले पुगेन। फेरि लड्नुपर्ने भयो।

बाबुरामले बोल्दा करिब २ हजार कार्यकर्थाले समर्थनमा ताली बजाए र हुटिङ गरे। बाबुराम पनि बोल्दै गए शान्तिप्रकियामा आएपछि हामी बिग्रियौ। हामी पश्चाताप गर्छौ र आफूलाई सच्याउने वाचा गर्छौ। हामी बाघ हौ, बाघ दुब्लाउन सक्छ, जति दुब्लाएपनि स्याल बन्न सक्दैन। दुब्लो बाघलाई स्यालले जिस्काउन थालेका छन्। त्यसैले हामी को हौ भनेर हामीले आफ्नो हैसियत खोज्ने बेला भएको छ। तपाई कार्यकर्ता भनेको डमरू हो तपाईहरूले पनि आफ्नो पारा देखाउनुपर्छ।

यसैबीच बाबुराम भट्टराईले संविधानसभा आफ्नो हो भन्ने अनुभव हुन छाडेको स्पष्ट पारे। हामीले त्यत्रो ठूलो बलिदानपूर्ण युद्ध गरेर संविधानसभा स्थापित गरायौ।

जोडबलले लतारिएर संविधानसभा आएकाको दबदबा भयो। परिवर्तन मुद्दा खारेज हुनथाले। त्यसैले हामी संविधानसभामा छौ कि छैनौ भन्ने प्रश्न खडा भएको छ । काठमाडौंमा १६ फागुनमा कार्यक्रम छ, अब त्यो कार्यक्रममा मात्र आउछु। संघर्षको उपलब्धी जोगाउन ६१ वर्षको उमेरमा म फेरि संघर्षमा हिँडेँ। तपाईहरू पनि हिड्नुहोस्।

बाबुराम बोल्नासाथ भक्कानिदै मञ्चबाट झरे र कार्यक्रमबाट बाहिरिए। नेता कार्यकर्ता सबैले ताली बजाएर उनको विदाइ गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।