काठमाडौं, २२ माघ । जानकी मेडिकल कलेजले सोमबारदेखि एमबीबीएस तहको नियमित पढाई थाल्ने भएको छ ।
शिक्षा मन्त्रालयसँगको छलफलमा एक साता भित्र पठन पाठन गर्न कलेज सञ्चालकले सहमति जनाएको हो ।
कलेज व्यवस्थापाको लापरबाहीले कात्तिकपछि पढाई हुन सकेको थिएन ।
आफना छोराछोरी अलपत्र परेको भन्दै अभिभावकले गुनासो गरेपछि मन्त्रालयले चासो दिएको हो ।
कलेजले एक बर्षदेखि शिक्षक कर्मचारीलाई तलब भत्ता नदिएपछि पठन पाठन बन्द भएको हो । कलेजमा ४ सय ६० विद्यार्थी छन् ।
शिक्षा सचिव विश्वप्रकाश पण्डित सहित भएको छलफलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल, मन्त्रालयका पदाधिकारी र कलेजका सञ्चालक सहभागी रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
‘कलेजका अध्याक्षले एक साता भित्र कक्षा सुरु गर्ने प्रतिबद्धता जनाएका छन,’ शिक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कलेजलाई व्यवस्थित गर्न व्यवस्थापनले विद्यार्थीको पढाई र कलेजकको बिजनेस प्लान तयार गर्नु पर्ने निर्णय गरेको छ ।
उक्त बिजनेश योजना आइओएम र काउन्सिलबाट सहमती लिएर मन्त्रालयमा पेश गर्ने सहमती भएको छ ।















प्रतिक्रिया