२८ आश्विन २०८३, बुधबार

मिर्गाैला पीडितको निःशुल्क उपचार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

margulaकाठमाडौं, २१ माघ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाले मिर्गौला बिरामीका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेको छ ।

मेडिकल कलेजले बुधबार पत्रकार सम्मेलन गरी बिरामीको सेवालाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु गरेको अस्पतालले जानकारी दियो ।

मेडिकल कलेजले १८ वर्ष पूरा गरी १९ वर्ष प्रवेश गरेको अवसरमा ओपिडी टिकट तथा नर्मल बेडमा पनि पूर्ण रुपमा छुट प्रदान गरेको कलेजका जनसम्पर्क अधिकारी सुशील गुरुङले जानकारी दिनुभयो ।

सुरुमा पाँचजनालाई सेवा प्रदान गर्ने र १० जनासम्मलाई उपचार गराउने अस्पतालले लक्ष्य लिएको गुरुङले जानकारी दिनुभयो । डायलासिस सेवा लिन आउने बिरामीले वडा तथा गाविसको सिफारिसपछि जिल्ला जनस्वास्थ्य कार्यालयको अनुरोधमा उपचार पाउने बताइएको छ ।

एउटा बिरामीलाई २ वर्षसम्म निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।