
सिन्धुपाल्चोक, १५ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाहरुलाई मखमलको जुत्ता बनाउने तालिम सञ्चालन गरेको छ ।
नगरपालिकाले कमलको फूल सहकारी संस्थासँग सहकार्य गरी महिलाहरुका लागि तालिम सञ्चालन गरेको हो । तलिममा महिलाहरुलाई मखमलको जुत्ता बनाउन सिकाइने छ । विपन्न र गृहणी महिलालाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।
चौतारा र आसपासका क्षेत्रमा मखमलको जुत्ताको अत्यधिक खपत हुँदै आएको छ । चिसो मौसमा मखमलको जुत्ता घरायसी प्रयोजनका लागि अत्यन्तै उपयोगी हुने भएकाले नगरपालिका आफैले तालिम सञ्चालन गरेको हो ।
‘महिलाको जीविकोपार्जनलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो’ नगर उपप्रमुख जानुका पराजुलीले भनिन्, ‘तालिमले गृहणी महिलाहरुलाई आत्मनिर्भर बनाउने अपेक्षा गरेका छौं । यसले बाहिर जाने पूँजीलाई रोक्न पनि मद्दत गर्छ ।’
महिलाहरुका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको नगरपालिकाले सीपमूलक तालिम र स्वरोजगारमा जोड दिँदै आएको छ । आर्थिक वर्ष ०७५÷०७६ को विनियोजित बजेटबाट तालिम सञ्चालन गरिएको पराजुलीले बताइन् ।















प्रतिक्रिया