
काठमाडौँ, १३ माघ । एनआईसी एशिया बैंकले कास्कीको पोखरा र झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–१, बगरस्थित बगर शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरे ।
गएको साउन २५ गतेबाट कारोबार सुरु भएको शाखाको उद्घाटन समारोहमा पौडेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिवृद्वि गर्ने कार्यमाम हत्वपूर्ण योगदान पुर्याएको जनाए ।
यस्तै, बैंकले झापाको दमक–५ क्याम्पस रोडमा पनि शाखा सञ्चालनमा ल्याएको छ । शाखाको दमकन गरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार उद्घाटन गरे । गएको भाद्र १६ गतेबाट कारोबार सुरु भएको शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे ।
बैंकको देशभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाएको छ ।
बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया