३ कार्तिक २०८३, मंगलबार

२६ हजार रूपैयाँमा काठमाडौं-बैंकक-काठमाडौं सरर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । नेपाल एयरलाइन्सले काठमाडौं-बैंकक-काठमाडौं उडान गर्ने यात्रुका निम्ति प्रवर्द्धनात्मक भाडादर सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत यात्रुले २६ हजार रूपैयाँमा ‘राउन्ड ट्रिप’ गर्न पाउनेछन्।

एयरलाइन्सले आधारभूत भाडा प्रतियात्रु १२ हजार रुपैयाँ निर्धारण गरे पनि इन्धन शुल्क र करसहित हिसाब गर्दा करिब २६ हजार रूपैयाँ पुग्ने एयरलाइन्सका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ छुट योजना ल्याइएको कोइरालाले बताए।

मार्च महिनासम्म लागू हुने यो योजनामा समूहमा टिकट काट्नेलाई अतिरिक्त सहुलियत पनि छ। काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइभ’ योजना छ। यसअन्तर्गत पाँच जनाको समूहमा टिकट किन्दा एक जनालाई टिकट निःशुल्क उपलब्ध हुनेछ।

व्यापार कमजोर भएको र कम पर्यटक आउने समयमा प्रवर्द्धनात्मक योजना ल्याएर धेरैभन्दा धेरै यात्रु आकर्षित यो योजना ल्याएको निगमले जनाएको छ।

एयरलाइन्सले काठमाडौं– बैंकक गन्तव्यमा सातामा तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्दै आएको छ। एयरलाइन्सले हाल भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान गरिरहेको छ।

निकट भविष्यमा जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाकासाथ प्रक्रिया अघि बढाइएको एयरलाइन्सले जानकारी दिएको छ।

एयरबस ए–३३० दुई, दुई न्यारो बडी ए–३२० र एक बोइङ ७५७ जहाज भएको एयरलाइन्सले लामो दुरीमा उडान गर्ननसक्दा वाइडबडीले राम्रो व्यापार गर्न सकिरहेको छैन।