– पशुपति जिसी
मस्कट, ओमान । नेपालीहरुको सुविधाका लागि ओमान स्थित नेपाली राजदुतावासले विदाका दिनमा समेत सेवा सुरु गरेको छ । गत शुक्रबारदेखि लागू हुने गरी नेपाली राजदूतावास ओमानले विदा परेको महिनाको एक दिन सेवा दिन सुरु गरेको जनाएको छ ।
ओमानमा कार्यरत प्रवासी नेपालीहरू मध्ये धेरै जसोले शुक्रबार बिदा पाउन भएकाले सोहि दिन ओमानमा सरकारी बिदाको दिन पर्ने हुनाले राजदूताबास पनि बन्द हुने गर्दथ्यो । त्यसकारण ओमानमा कार्यरत प्रवासी नेपालीहरूलाई राजदूताबासबाट सेबा पाउन गार्हो थियो।
यहि समस्याको मध्येनजर गर्दै र ओमान स्थित विभिन्न संघ–संस्थाहरूमा आएको प्रवासी नेपालीको गुनासोलाई प्रवासी नेपाली मञ्च लगायत ओमानमा क्रियाशिल ९ संघ–संस्थाहरूको पहलमा विदाको दिन महिनामा एक शुक्रवार नेपाली राजदूताबास ओमानको कार्यालय खोल्ने र बाँकि दिनहरूमा सेबाबाट बन्चित हुन् पुगेका नेपालीलाई सेवा दिने पूर्व घोषित निर्णय अनुसार जनवरी ३० शुक्रबारको दिन नेपाली राजदूताबास ओमानको कार्यालय खोलिएको हो।
सोहि दिन प्रवासी नेपाली मञ्च ओमान का अध्यक्ष गगन कार्की को नेतृत्वमा एक डेलिगेशन नेपाली राजदूताबास ओमानको कार्यालयमा पुगेको थियो । डेलिगेशनले कार्यवाहक राजदुत भरत कुमार रेग्मीसंग भेट गरेको थियो।
प्रवासी नेपाली मञ्च ओमानका महासचिब सोमकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार उक्त दिन ६ जना सेवा ग्राहिले सेवा पाएका थिए । शुक्रवार छुट्टिको दिन खुलेको यो पहिलो दिन भएर होला सायद सेवाग्राहीहरूको भने कम उपस्थिति थियो।
कार्यवाहक राजदुत भरत कुमार रेग्मीले प्रवासी नेपाली मञ्च ओमान को डेलिगेशनलाई भने, ‘नेपाली राजदूताबास ओमानको कार्यालय प्रवासी नेपालीहरूको लागी हो हामी महिनाको अन्तिम शुक्रवार मात्र होइन अरू दिनहरूमा पनि नेपाली १० देखि ५ बजेको समय जस्तै मिल्ने गरि ८.३० देखि ३.३० सम्म खुल्ला गर्ने र अझ आवश्यकता परेको खण्डमा २४ सै घण्टा हामी सेवा दिन तत्पर र तयार छौं।’
कुनै पनि प्रवासी नेपालीहरू माथि परेको समस्यालाइ समयमै सेवा दिन कुनै पनि कमि राख्ने छैनौ” भनेर भन्नुभएको थियो।
नेपाली राजदूतावास ओमानले प्रवास ओमानमा रहेका नेपालीहरूको हितमा गर्न लागेको यो सकरात्मक कार्यको ओमान स्थित प्रवासी नेपालीहरूले सहराना गर्दै स्वागत गरेका थिए ।

















प्रतिक्रिया