३ कार्तिक २०८३, मंगलबार

ठगी गर्ने उद्योगलाई कारवाही

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ  । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ ।

विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरिएको जानकारी दिनुभयो । विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । (रासस)