३ कार्तिक २०८३, मंगलबार

कामना बैंकको ६४औँ शाखा मोरङको उर्लाबारीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नम्बर १ कोमोरङ जिल्ला, उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा आफ्नो ६४ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक बलराम बराल तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृत बस्नेतले उर्लाबारी शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नम्बर १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएम बैंकिङ, मोबाइल बैंकिङ, सी–आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।