१२ कार्तिक २०८३, बिहिबार

जनता क्यापिटललाई धितोपत्र बोर्डको अनुमति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले विभिन्न आर्थिक कार्यका लागि अनुमति प्रदान गरेको छ ।

धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायीको रुपमा आर्थिक कारोबारका लागि जनता क्यापिटलले अनुमति पाएको हो ।

जनता जनता क्यापिटलले पाएका अनुमतिहरुमाः

(१) निष्काशन तथा बिक्री प्रबन्ध

(२) धितोपत्र प्रत्याभूति

(३) शेयर रजिष्ट्रेशन

(४) लगानी व्यवस्थापन

(५) संस्थागत परामर्श सेवा

योसँगै थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको उदेश्य अनुरुपको व्यवशायिक कार्यका लागि पूर्वाधार तयार भएको छ ।