
काठमाडौं, ३ माघ । लक्ष्मी बैंक लिमिटेड र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच वित्तीय सहयोग प्रदानसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने भएको छ ।
कृषि क्षेत्रमा वित्तीय पहुँचलाई लाई सुदृढ बनाउने उद्देश्य सहित लक्ष्मी बैंक तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता भएको बैंकले जनाएको छ ।
नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
बैंकका हाल दशभरका ४६ जिल्लाहरुमा ९६ शाखाहरु रहेका छन् । यस्तै बैंकले ३ हस्पितल काउन्टर, १०८ एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैैैंकिङ्ग एजेन्ट मार्फत बैंकिंग सेवा प्रदान गरिरहेको छ ।














प्रतिक्रिया