
काठमाडौं, ३ माघ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता) योजनाल्याएको छ । यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस् मेशिन वा अनलाइन कारोवारमा कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रति दिन ५ रुपैयाँदेखि प्रतिमहिना ३ हजार रुपैयाँसम्म फिर्ता हुने बैंकले जनाएको छ । यो योजना सिमित अवधीको लागि लागू गरिएको बैंले जानकारी दिएको छ ।
बैंकले हाल देशभरका ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गरिरहेको छ ।














प्रतिक्रिया