
काठमाडौं, २ माघ । एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशत नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष बैंकले उल्लेख्य प्रगति गरेको हो ।
बैंकले बुधबार चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक प्रगति विवरण सार्वजानिक गरेको छ । गत वर्षको पुस मसान्तमा ५७ करोड रुपैयाँ कमाएको बैंकले यो पुसमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
एक वर्षको अवधिमा बैंकको वासलातको आकार ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब पुगेको छ ।
एक वर्षको अवधिमा बैंकले ५५ अर्ब रुपैयाँले निक्षेप बढाउँदै यो पुस मसान्तमा कुल निक्षेप १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ । कर्जा ४८ अर्ब रुपैयाँले बढाएर १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।
कुनैपनि नेपाली बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको यो प्रगति हालसम्मकै उच्च भएको बैंकको दाबी छ ।
हाल बैंकका देशभर २ सय ७३ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका हाल १४ लाख ५० हजार ग्राहक रहेका छन् ।
हेर्नुस् पूरा विवरण:















प्रतिक्रिया