
-विनोद ढकाल
यदि राजनीतिक सुसंस्कारको विषय तपाईको मुखबाट निस्कन्छ भने समस्या निराकरणको सम्भावनाको नजिक पुग्न कठिन हुँदैन । तर, सुसंस्कारको आवाज निकाल्दा निकाल्दै तपाईभित्रै कुसंस्कारको भाइरस फैलिने खतरा बढ्यो भने, त्यसको परिणाम के हुन्छ ?
यो प्रश्न विकल्पको राजनीतिका नाममा जनतालाई भेडै सम्झिने, गोलभेडा प्रवित्तिको व्यवाहार देखाउनेहरूका लागि हो । अर्थात्, विवेकशील अथवा साझा अथवा यी दुवै जोडिएर विभाजनमा पुराउने ति आत्माहरूका लागि हुन्, तिनले बोकेको आत्मरतीका लागि हुन् ।
संवेदनाको उचाई बोकेको नेपाली जनमतले विकल्पको राजनीतिलाई कुनै पनि बेला रोज्नसक्ने एउटा ‘टाइमलाइन’ आउन सक्थ्यो । तर, विकल्प नै विभाजित र भत्किएको देखेपछि त्यहाँभित्र छिर्नु, त्यसलाई पार लगाउनुकै विकल्पमा जनता पुग्नेछन् । गणेशमान सिंहले भनेजस्तो नेपाली जनता भेडा हुन् । उनलाई रत्याउनका लागि ठूला भाषण गरिदिने, राम्रा कुरा गरिदिनेको विभाजनभित्र खेल्ने परम्परावादी सक्रिय हुने नै छन् ।
जब पत्रकारितामा खारिएको अनुभवबाट पेन्सनर हुँदै राजनीतिमा त्यहि अनुभवलाई सकारात्मक कर्ममा प्रयोग गर्न रवीन्द्र मिश्र अवतरण गरे, ०७० को चुनावमा ‘कुकुर’ बिम्बमा उज्वल थापाहरू विकल्पको खोजी गरि भुक्तभोगी भइसकेका थिए । रवीन्द्रको अवतरणले मिडिया, सोसल मिडियामा विकल्पको राजनीतिको बहस छेडियो, यसको ठूलो प्रभावक्षेत्रमा उज्वल थापाहरू पनि पर्न गए । त्यसकारण राजनीतिमा छिराइएको रञ्जु न्यौपाने (दर्शना) नामको ग्ल्यामर एक हदसम्म बिक्यो । २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनका क्रममा काठमाडौं महानगरपालिकाको मेयरको स्पर्धामा दर्शना तेस्री भइन् ।
त्यसपछि जोडिएका यी दुई शक्तिको विभाजित परिदृश्यको बहसले केही तरंगित त पारेको छ । त्यो छालको दोष कसले लिन्छ ? यो मतभेद पनि कायमै छ ।
राजनीति मुलुक बनाउने अचुक शुत्र हो । यो शुत्रमा बाँधिनका लागि रणनीति, शक्ति आर्जन हुनैपर्छ । पथप्रस्ट हुनुपर्छ, पथभ्रष्ट हुन हुँदैन । विकल्पका नाममा भ्रष्टाचारविरोधी अभियानको उद्घोष गरी एउटै पथ समात्ने हल्ला बोल्ने अनि वैधानिकता र विचारका विषयमा आफ्नै पथभ्रष्ट कर्म गर्ने कुनै पनि कित्ताबाट विकल्प स्थापित हुनसक्छ ?
सुसंस्कृत राजनीतिको परिकल्पना यत्तिकै पूरा हुँदैन । रोप्न नपाउँदै जुटेको सन्देश दिने, जुट्न नपाउँदै फूटेको विस्कुन सुकाउने रवीन्द्र मिश्र, उज्वल थापाहरूले वैकल्पिक राजनीतिको नेतृत्व गर्नै शक्तैनन् । नेतृत्व गर्नका लागि त क्षमता, दक्षता, संगठन विस्तार गर्नसक्ने अदभूत शक्ति चाहिन्छ । यदि कुनै न कुनै शक्तिबाट उनीहरू परिचालित होइनन् र नेपाली जनताकै आश राखेको भए, आश मारे हुन्छ । जनताले विकल्पका नाममा मिडिया तताएर, अरुलाई गाली गरेर आफू लडीमर्नेलाई समर्थनचाहीँ गर्दैनन् । मिठा कुरा सुनेका नेपाली जनताले स्थानीय चुनावको परिणाम आउनासाथ भनेका थिए– काठमाडौंमा साझा र विवेकशील मिलेको भए महानगर हत्याउने रहेछन् ! मिल्नुपथ्र्यो । आखिर मिलेर के हुने रहेछ ? परिणाम हरेक दिनका आलेख, अन्तरवार्ता, स्पष्टीकरण र पत्रकार सम्मेलनमा फलाकेका सबै पक्षका विचारले प्रष्ट पारेकै छ ।
राजनीतिमा छारस्ट विचार एकैपटक अगाडी बढ्न सक्तैन । मूल विचार बन्नुपर्छ । त्यसमा सिद्धान्तको खाका र व्यवाहारको त्यस्तै प्रयोग हुनुपर्छ । यी प्रयोग गर्नबाट डराउने, त्रसित हुने अनि पानीमाथिको ओभानो बनेर सडकमा नाराजुुलुस लगाउँदैमा, विकल्प भेटिँदैन । वाइयात तर्क गरी सडकमा डोजर आन्दोलन गर्दैमा विकल्प भेटिँदैन । नेपाली जनताले खोजेको विकल्प भेट्नका लागि सहरका चौकुना, बसन्तपुर दरबार र माइतिघरमा मैनवत्ती होइन, जनताका मन मनमा परिवर्तनको बत्ती बाल्ने साहस जुटाउनुपर्छ । विकल्पका नाममा ठडिने कोशीश नगर्दै भत्किने यात्रामा हिडेकाहरूले बुझ्नुपर्छ, उदयपुरको चौदण्डीगढीमा पनि विकल्प चाहिन्छ, महेन्द्रनगरको दूरदराजमा पनि । तर, त्यहाँ पुग्नुअघि नै बाटो फरक बनाउनेहरूबाट विकल्पको आश गर्न सकिँदैन । हुरिएर आएको मत, बेलामौका बेमौसममा भेटिएका गोलभेडाजस्ता मिठा हुन्छन् । यस्तै परिप्रेक्षमा अहिले राजनीति घुमिरहेको छ ।
राजनीति भनेको ‘सेलिब्रिटी’ बन्ने धागो होइन । राजनीति मुलुक बनाउने अचुक शुत्र हो । यो शुत्रमा बाँधिनका लागि रणनीति, शक्ति आर्जन हुनैपर्छ । पथप्रस्ट हुनुपर्छ, पथभ्रष्ट हुन हुँदैन । विकल्पका नाममा भ्रष्टाचारविरोधी अभियानको उद्घोष गरी एउटै पथ समात्ने हल्ला बोल्ने अनि वैधानिकता र विचारका विषयमा आफ्नै पथभ्रष्ट कर्म गर्ने कुनै पनि कित्ताबाट विकल्प स्थापित हुनसक्छ ?
नेपाल परम्परागत राजनीतिक विकल्पबाट विमुख भएको इतिहास छैन । राणाको विकल्प राजा, राजाको विकल्प कांग्रेस, कांग्रेसको विकल्प पञ्चायत, पञ्चायतको विकल्प बहुदल, बहुदलभित्रका विकल्पहरूका कणमा कांग्रेस र कम्युनिस्ट, त्यसको विकल्पमा युद्ध, युद्धको विकल्पमा शान्ति, शान्तिको विकल्पमा हिन्दुत्वका नारा अविचलित चलिरहेको छ । यसमा प्राथमिक मुद्दा बनेको भ्रष्टाचारमुक्तिको यात्रा सुरु हुनु अघि नै, भत्किने क्रमले कस्तो सन्देश देला ?
एशीयाको राजनीति भनेको परम्परागत शक्तिको विकल्पमा मात्रै घुमिरहेको छ । मिल्दोजुल्दो सामाजिक संरचना रहेका भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकको राजनीतिक अवस्थालाई उदाहरणका रूपमा ‘पिकअप’ गरौं । भारतीय जनताले कांग्रेसको विकल्प भारतीय जनता पार्टी रोजे, अब उसको विकल्प कांग्रेसमात्र हुन्छ । बंगलादेशमा बंगलादेश नेशनल पार्टीको विकल्प शेख हसिनाको पार्टी बन्यो, पाकिस्तानमा केही परिवर्तनको ढाँचा देखिने गरी इमरान खानको पार्टी बहुमतमा आयो । तर, नवाज सरिफको पार्टी पत्ता साफ भएको छैन । भोली इमरानको पतनको विकल्प नवाजकै पार्टी वेटिङमा छ ।
परम्परागत भ्रष्टाचार र शक्तिको आशक्तिको उतारचढावमा माओवादी लागेपछि उनले बाटो अन्तै मोडेको दृष्टान्त छ– नयाँ शक्ति नेपाल । यो दृष्टान्तका अगाडी विकल्पको बाटो अझ कसिलो बनाउने भनेर लागेका रवीन्द्र, उज्वलजीहरू त एउटा अध्यायको पेरिफेरिमै नपुगी भत्किनुले स्वेच्छाचारी आशक्तिले कति काम गरेको छ भन्ने छर्लङ्ग हुन्छ
नेपाली राजनीतिमा विकल्पको खोजी डा. बाबुराम भट्टराईले ०५२ सालमा गरेका हुन् । उनले संसदमा रहेर पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदाको माग राखे । राजनीतिक परिवर्तनको एजेन्डामा राखे । त्यही सैद्धान्तिक विषयले गति पाएको भए व्यवाहार परिवर्तनको सम्भावना बोकेको थियो । तर बन्दुक उठाएर आन्दोलन र युद्धको मोर्चामा हिँड्न पर्यो । केही हदसम्म उनको सफलता भयो । तर, राजनीतिको विकल्प उनको दृष्टिकोणले खडा गरेको एउटा कठोर आन्दोलन बन्न सकेन । परम्परागत भ्रष्टाचार र शक्तिको आशक्तिको उतारचढावमा माओवादी लागेपछि उनले बाटो अन्तै मोडेको दृष्टान्त छ– नयाँ शक्ति नेपाल । यो दृष्टान्तका अगाडी विकल्पको बाटो अझ कसिलो बनाउने भनेर लागेका रवीन्द्र, उज्वलजीहरू त एउटा अध्यायको पेरिफेरिमै नपुगी भत्किनुले स्वेच्छाचारी आशक्तिले कति काम गरेको छ भन्ने छर्लङ्ग हुन्छ । यसर्थ, तपाईहरू सुसंस्कृत राजनीतिका बिम्ब, प्रतिबिम्ब वा प्रतिनिधि कसरी मान्ने, जनताले ? यस विषयका खरो उत्तरहरूको पर्खाई रहनेछ ।
देश बनाउने होडबाजीमा हिँड्दा आफू लड्न सक्ने होसियारीको हेक्का नराख्ने हो भने कहाँ कसरी उत्तानो परिन्छ थाहा हुँदैन । त्यसैले वैकल्पिक शक्तिका नाममा अघि बढ्ने दुवैलाई सुझाव छ– दौडिसकेको बालक बामे सर्न थाल्यो भने अभिभावक (जनता)को निर्णय हुन्छ– पोलियो लाग्यो । के, विवकेशील साझालाई पोलियो लागेको ठान्नु अब अन्याय हुन्छ र ?















प्रतिक्रिया