२९ आश्विन २०८३, बिहिबार

अरबका शासकलाई छोरी सुम्पिएको खुलासा

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । अगस्टा भ्यालेन्टाइन हेलिकोप्टर सम्झौताका आरोपी क्रिश्चिय मिशेलको प्रत्यर्पणको बदलामा भारतले संयुक्त अरब इमिरेट्सका शासकलाई उनकी छोरी सुम्पिएको खुलासा भएको छ ।

राजकुमारी लतिफा केही महिनाअघि दुबईबाट समुन्द्री बाटो हुँदै भागेकी थिइन् तर भारतीय नौसेनाले आफ्नो समुन्द्री क्षेत्रबाट गुज्रिरहेका बेला उनलाई पक्राउ गरेको थियो । बेलायती पत्रिका द सन्डे टेलिग्राफको रिपोर्टमा यो दाबी गरिएको छ ।

राजकुमारी लतिफा र उनकी साथी टिना जोहिनानेन गत वर्ष फ्रेन्च इन्टेलिजेन्सको जासुसको मद्दतमा जहाजमा भागेकी थिइन् । यसका लागि उनीहरुले आफ्नो भेष बदलेका थिए ।

राजकुमारी लतिफा मनोरोगी हुन् र उनलाई औषधीको भारी डोज दिइन्छ भन्ने दाबीसमेत गरिएको छ । उनलाई अन्तिम पटक मार्च ५ मा एक जहाजमा भारतीय नौसेनाका अधिकारीसँग देखिएको पनि दाबी गरिएको छ ।

टेलिग्राफले आफ्नो रिपोर्टमा नयाँ दिल्ली, युरोपेली र एशियाली सूत्रको हवाला दिँदै यो ‘डिल’का लागि भारतको तर्फबाट पहल गरिएको थियो । मिशेलको कानूनी समूहका एक सदस्यले पनि यसको आशंका जताएका छन् ।

मिशेलमाथि हेलिकोप्टर सम्झौतामा आपराधिक षड्यन्त्रको आरोप लागेको थियो । यसमा पूर्व वायुसेना प्रमुख एसपी त्यागी, उनका परिवारका सदस्य र अधिकारीको नाम पनि समावेश छ ।

अधिकारीले आफ्नो पदको गलत प्रयोग गरेर भिभिआइपी हेलिकोप्टरको सर्भिस सिलिङ (निकै माथिसम्म उडान भर्ने क्षमता) तय सीमा ६ हजार मिटरबाट कम गराएर चार हजार पाँच सय मिटर गराइएको पनि बताइन्छ ।

सिलिङ कम भएपछि ५५६।२६२ मिलियन युरोको हेलिकोप्टर कन्ट्र्याक्टमा सहमती बनेको थियो । यसका लागि रक्षा मन्त्रालय (यूपीए–२) ले सन् २०१० फेब्रुअरी ८ मा १२ भिभिआइपी हेलिकोप्टरका लागि पैसा दिएको थियो ।