
काठमाडौं, २९ पुस । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन अकाउन्टको सुरुवात गरेको छ ।
बैंकको बेवसाइट www.civilbank.com.np तथा“को बन्छ करोडपति”को मोबाईल एप मार्फत अनलाईनबाटै खाता खोल्न सकिने बैंकले जनाएको छ ।
आफ्नो व्यक्तिगत विवरण भरिसकेपछि एउटा युनिक कोड उपलब्ध हुनेछ । सोही युनिक कोडलाई नजिकको बैंक शाखामा गएर प्रमाणित गराएपछि खाता बन्ने बैंकले जनाएको छ । जुन खातामा बैंकले एक सय रुपैयाँ ब्यालेन्स उपलब्ध गराउने छ ।
यस्तो खातामा एक बर्षका लागि निःशुल्क डेविट कार्ड र इन्टरनेट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । यस्तै दुई वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ सेवा पनि उपलब्ध हुने छ । निःशुल्क चेक र पाँच लाखसम्मको वीमा पनि हुने बैंकले जनाएको छ ।
बैंकका हाल देशभर ७१ वटा शाखा कार्यालयहरु रहेका छन् ।















प्रतिक्रिया