
काठमाडौं, २९ पुस । एनआईसी एशिया बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–५, देउरीबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो सेवा बैंकको २३ औं शाखारहित बैंकिङ्ग सेवा हो ।
सेवाको सोही नगरपालिका–५ का वडा अध्यक्ष उद्धब थापाले उद्घाटन गरे । बैंकले शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठ नियुक्त गरेको छ ।
बैंकका हाल देशभर २ सय ७० ओटा शाखाकार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया