दोहा, कतार । उदयपुर सेवा समाजले कतारमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
नेपाली संस्कृतिलाई प्रचारप्रसार गर्न कतारमा रहेको उदयपुर समाजले राजधानी दोहामा कार्यक्रम आयोजना गरेको हो । साहानिया स्थित अल दोसरी जु पार्कको मैदानमा बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम तथा उदयपुरका अनाथ बालबालिकाको सहयोगार्थ सञ्चालित भाग्यशाली चिट्ठा उपहार कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि एनआरएन एआईसिसी उपाध्यक्ष टिबी कार्कीले कार्यक्रमको उद्घाटन गर्दै नेपाली समाजको पहिचान कला संस्कृति र सामाजिक उन्नतिमा जिल्ला स्तरीय सस्थाहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उदयपुर समाजको सामाजिक क्षेत्रमा गरिएको काम उदाहरणीय भएको बताए ।
समाजद्धारा जिल्लामा अनाथ बालबालिकाको सहयोगार्थका लागी सञ्चालित भाग्यशाली चिट्ठा समेत सोही अवसरमा खोलिएको थियो । समाजले राम्रो कार्यको थालनी गरेको भन्दै जनप्रगतिशिल मञ्चकोतर्फ बाट महासचिव प्रेम लामाले ५० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाए ।
झापा जिल्लाका ज्ञान बहादुर राईले २५ हजार, धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा तामाङ्गले ५ हजार सहयोग गर्ने बचन दिए । विभिन्न सामाजिक संघसस्थाले पनि सहयोग प्रदान गरेर यस अभियानलाई साथ दिएका छन् ।
साङ्गितिक माहोल सृजनागर्दै कलाकारहरुले थप मनोरञ्जन बनाउन सफल भए । चर्चित लोकदोहोरी गायक बिष्णु शर्माले दोहोरी गितमा दर्शकहरुलाई नचाए । डान्सर युवराज ओली, दिपक मगर, रोहीत मगरको रिमिक्स सामुहिक नृत्यले सबैको मन जित्न सफल रहयो ।
नेपाली पहिरनमा सजिएर सृजना तामाङ्गको नित्यले सबैको बाहीबाही पाएको थियो । कलाकार सन्देश शर्मा, मधुसुदन डाँगी,
सपना बस्नेत, सुनिता सेन्चुरी, पबिन्द्र राई, राजेन्द्र महरा, तिर्थ सम्भु राई, अनु राउत, माया तामाङ्ग, हरी महत, कर्ण रुम्दाली राइले दमदार प्रस्तुति राखेर दर्शकको मन जितेका थिए ।
देबराज न्यौपाने तथा डेगेन्द्र न्यौपानको हास्यब्यङ्गयले सबैलाई पेट मिचिमिचि हसाउएको थियो । संस्थालाई विभिन्न समयमा सहयोग गर्ने निकायलाई उदयपुर समाजले सम्मान समेत गरेको थियो ।
समाजका अध्यक्ष होम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन एआईसिसी उपाध्यक्ष टिबी कार्कीको प्रमुख अतिथ्यता रहेको थियो ।
एनआरएन एएनसिसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्की युवा संयोजक नबराज विक नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री धिराज चाम्लिङ राई, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरी गैरे, जनप्रगतिशिल मञ्च कतारका महासचिव प्रेम लामा, एनआरएन एएनसीसी साउदी अरेबिया पुर्बमहासचिव जेबी राईमाझी विशेष अतिथि रहेका थिए ।
यस्तै, सेवा समाज अध्यक्ष विजय माझी, याक्थुम चुम्लुङका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, थारु कल्याणकारी सभाका सत्यनारायण चौधरी, धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा तामाङ्ग, मोरङ्ग सुनसरी सेवा समाजका अध्यक्ष टिएन बराल, प्रेस चौतारी कतार शाखाका सचिव याम विसी, किरात राई यायोख्या शाखा कतार सचिबालय सदस्य देबराज राई, लगायत बिभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सस्थाका संरक्षक तथा पुर्व अध्यक्ष राम सुयलले सञ्चालन गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको थियो । अलदोसरी गाड्रेनका सञ्चालक मोहवद अलदोसरीको विशेष आथिथ्यता रहेको थियो । उनले नेपाली संस्कृति आफुलाई मन परेको बताए । संस्कृति बचाउन आफ्नोतर्फ बाट सक्दो पहल तथा सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए ।
सस्थाका अध्यक्ष होम बस्नेतले समाजिक कार्यमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद प्रदान गर्दै जिल्लामा सम्पर्क कार्यालय स्थापना गरिने जानकारी दिनुभयो ।
















प्रतिक्रिया