वाशिंगटन डीसी । मेरिल्याण्ड तथा पेनसेल्भेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले सामाजिक अभियन्ता महाबीर पुनलाई हरेक महिना १० हजार नेपाली रुपैयाँ दिने घोषणा गरेका छन ।
उनले उक्त घोषणा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर बाट गरेका हुन ।
महतले आफ्नी कान्छी सुपुत्री सदीक्षा महत भण्डारीको जन्म दिनको सुखद उपलक्ष्यमा पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रतिमहिना दश हजार दिने घोषणा गरेका हुन । कान्छी सुपुत्रीको जन्म दिन जनवरी १२ तारिख अर्थात् पौष २८ गते पर्दछ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सेरोफेरोमा दश हजार रुपैयाँ निरन्तर दिने घोषणाको साथै देश बिदेशमा छरिएर बिभिन्न किसिमका व्यवसाय उद्योग गरेर बस्नु हुने सम्पूर्ण राष्ट्रप्रेमी र देशभक्त नेपालीलाई प्रतिमहिना १० हजार नेरु प्रदान गर्न आव्हान गरेका छन ।
महाबाणिज्यदूत महतले महाबीरद्वारा संचालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल बामे सर्ने अवस्थामा रहेको र यसलाई बचाउनु जरुरी छ भनेका छन ।
















प्रतिक्रिया