२९ आश्विन २०८३, बिहिबार

फोन उठेन चिन्ता नलिनुस ! किभी मोबाइलले आफै स्वउत्तर दिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kivi-kt-100काठमाडौं, २० माघ । फोन उठेन चिन्ता नलिनुस । अब किभी कम्पनीको मोबाइलको तपाईको समस्या हल गर्नेछ ।

नेपालको पहिलो ब्राण्ड किभी कम्पनीले ल्याएको सानो फोनले फोन रिसिभ नहुँदा तीन दिनपछि आफैँ स्वउत्तर दिन्छ । यस्तो व्राण्डको मोबाईल खरिद गर्ने पनि बढेका छन् । यसको मूल्य एकदमै सस्तो छ । मात्र २२२४ रुपैयाँ मूल्य पर्छ ।

सूचना प्रविधिको विकास विस्तारले विश्वलाई एउटा कुनामा सिमित पारिदिएको छ, यसका पछिल्ला संरकरणहरुप्रति युवाहरुको आकर्षण पनि बढ्दै गएको छ ।

युवादेखि ज्येष्ठ नागरिकसम्मका लागि सूचनाप्रविधिको महत्वपूर्ण साधन बनेको मोबाइल फोनका विभिन्न मोडेल विकास भइरहेका छन् ।

यसै सन्दर्भमा विश्वकै सानो मोबाइल किभी मोबाइल कम्पनीले बजारमा ल्याएको छ ।

खासगरी युवापुस्तालाई लक्षित गरेर ल्याइएको यो फोन सवारी साधन चलाउने त्यसमा पनि मोटरसाइकल र स्कुटरका चालकलाई उपयोगी हुने कम्पनीले जनाएको छ ।

अन्य सामान्य फोनजस्तै सबै किसिमका काम गर्नसकिने यो औँलाजत्रै फोनको बजारमा मूल्य दुई हजार ७५० रहेपनि क्यानको अफरस्वरुप दुई हजार दुईसयमा बिक्री गरिरहेको कम्पनीका पवनकुमार शर्माले जानकारी दिनुभयो ।

क्यानमा प्रदर्शन गरिएकामध्ये सबैभन्दा सानो दुई इन्चको मोबाइलदेखि ठूलो आठ इन्चको सामसुङ ग्यालेक्सी टयाब फोर मूल्य रु ३९ हजार ९९० र किभी ब्रान्डकै साढे आठ इन्चको ट्याबलेट मूल्य रु १४ हजारका ठूला साइजका फोनप्रति आकर्षण देखिएको पाइयो ।