काठमाडौं, २० माघ । नेकपा एमालेको वार्षिक खर्च १२ करोड पुगेको छ ।
एमालेले आर्थिक वर्ष ०७०–७१ मा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चुनाव र पार्टी संचालनका लागि चन्दा दिने ब्यापारी र शुभेच्छुकको नामविवहरण पार्टीले निर्वाचन आयोगमा बुझाएको छ ।
दर्ता भएका दलहरुले हरेक वर्ष पुस मसान्तभित्र आयब्ययको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।
निर्वाचन आयोगका अनुसार एमालेले बुझाएको विवरणमा गत आवमा ११ करोड ९३ लाख ९७ हजार ६ सय ८ रुपैयाँ खर्च भएको उल्लेख छ ।
एमालेलाई चौधरी गुप्र, विशाल गुप्रले १० लाख चन्दा दिएका थिए । अन्य पार्टीले विवरण बुझाएका छैनन् ।















प्रतिक्रिया