३ कार्तिक २०८३, मंगलबार

बढ्यो सुनको भाउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ पुस । बुधबारको तुलनामा बिहीबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुन प्रतितोला ६० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावशायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार बजारमा चाँदीको मुल्य पनि बढेको छ । बुधबार भन्दा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ पछिल्ला २ दिनमा ह्वात्तै बढेको हो ।