३ कार्तिक २०८३, मंगलबार

एनआईसी एसिया बैंकले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५ प्राप्त गरेको छ । युनाइटेड रजिस्टर्ड अफ सिस्टम(URS/UKAS-UK) ले प्रदान गर्ने यो प्रमाणपत्र एनआईसी एशिया बैंकले प्राप्त गरेको हो ।

वस्तु तथा सेवाको गुणस्तर, आम जनतासँग पुग्नु तथा सुशासन र अन्तर्राष्ट्रियस्तरको आर्थिक प्रणालीका कारण गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र पाउन सफल भएको बैंकले जनाएको छ ।

बैंकका हाल देशभर २ सय ७० शाखाकार्यालयहरु रहेका छन् । बैंकले २ सय ८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर तथा २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।