
काठमाडौं, २४ पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा आफ्नो सुदुरपश्चिम प्रदेश कार्यालयको स्थापना गरेको छ । कार्यालयको एक कार्यक्रमकाबीच मंगलबार उद्घाटन गरिएको हो ।
सुदुरपश्चिम प्रदेशमा बैंकका ५ वटा शाखाहरु रहेका छन् ।
बैंकले यसअघि प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, गण्डकी प्रदेश अन्तर्गत पोखराको सिमलचौरमारमा, प्रदेश नं ५ को नेपालगंजमा र कर्णाली प्रदेशको सुर्खेतमा कार्यालय स्थापना गरिसकेको छ ।
बैंकका हालसम्म देशभर ८१ वटा शाखा रहेका छन् । बैंकले देशभरका विभिन्न ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया