
काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
बैंकको २०औं साधारण सभाबाट महतो निर्विरोध निर्वाचित भएका थिए । सोही साधारणसभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
बैंकका हाल देशभर ८८ वटा शाखाहरु रहेका छन् । बैंकले २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैंकिङ्ग सेवा र १ सय ११ वटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया