-अनिल खत्री
गुल्मी, १९ माघ । व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागको दोस्रो संस्करणको गुल्मी महोत्सवमा आवश्यक तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ ।
आगामी २२ फाल्गुन देखि ३० गते सम्म सदरमुकाम तम्घासमा आयोजना हुने महोत्सवमा ८२ वटा स्टल बुकिङ्ग भैसकेका छन् । स्टल संयोजक तथा गुल्मी उद्योग वाणिज्य संघका सचिव बिरेन्द्र भुसालले स्टल बुकिङ्ग तिव्र भइरहेको बताउनुभयो ।
गतवर्षको तुलनामा यसवर्ष स्टल बढ्ने आयोजकको अनुमान छ । स्टल संयोजक भुसालका अनुसार सदरमुकाम तम्घास स्थित चिदिचौरमा आयोजना हुन लागेको महोत्सवमा १ सय ५० स्टल राखिने छन् ।
महोत्सवमा ५ करोड भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको संयोजक भुसालले बताउनुभयो । प्रथम गुल्मी महोत्सवमा १ सय २० स्टल राखिएका थिए । करिब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिइनेछ । कृषिजन्य सामग्री, स्थानीय भेषभुसा, स्थानीय परिकार गाउँमै उत्पादन गरिएको कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरु महोत्सवका मुख्य आकर्षण हुनेछन् ।
औद्योगित सामाग्रीहरु पनि राखिने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव महोत्सव आयोजक सचिवालय संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । महोत्सवमा संस्कृति झल्किने पञ्चेबाजा, भजन कृतन, ख्याली, सोरठी, झ्याउरे, सालैजो, कर्खा, वाली लगायतका परम्परागत बाजालाई प्रस्तुत गरिनेछ ।
महोत्सव आर्थिक समिति संयोजक तथा निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले गुल्मी र बाहिरका सहर बुटवल, काठमाडांैमा आर्थिक संकलन अभियान संकलन भइरहेको बताउनुभयो ।
थप आकर्षणको रुपमा महोत्सवमा हेलिकप्टर पनि प्रर्दशन गर्ने तयारी भैरहेको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ बैशाखमा प्रथम गुल्मी महोत्सव भएको थियो ।
पहिलो महोत्सवको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो । महोत्सवले समग्र गुल्मी जिल्लाको धार्मिक स्थलहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसारसंगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलको विश्वास छ ।
















प्रतिक्रिया