१ कार्तिक २०८३, शनिबार

कतारमा ९ नेपालीलाई आममाफी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

योगेन्द्र योगी

दोहा । कतारको केन्द्रीय कारागारमा जेल जीवन बिताई रहेका ९ नेपाली बन्दीलाई कतार सरकारले आममाफी दिएको छ।

गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा कैदी बन्दीहरुको चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको नेपाली दूतावास कतार स्रोतले जानकारी दिएको छ ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका कैदी बन्दी मध्ये असल चालचलन भएका बन्दीहरुलाई आममाफी दिने गरेको छ ।

यसपटक नेपाली दूताबासको पहलमा ९ जना नेपाली रिहा हुन सफल भएको दूताबासले जानकारी दिएको छ । आममाफी मार्फत को–को रिहा भएका हुन भन्ने बारे दूताबासले केही जानकारी दिएको छैन ।