१ कार्तिक २०८३, शनिबार

कृति बिमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओहियो । उपन्यास ‘छाप्रो नंम्बर ५५’ को समिक्षा तथा गिती एल्वम पिडाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण समूह र साहित्य परिषद भूटान को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा श्रष्टा रमेश दियालिको उपन्यास छाप्रो नंम्बर ५५ को समिक्ष श्रष्टा प्रतिमान सिवाले गरेका थिए ।

निल अधिकारी तथा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले संचालन गरेको उक्त कार्यक्रमा लामो समय देखि छुट्टा छुट्टै संस्थाको रुपमा कार्य गर्दै आईरहेका संस्थाहरु जीवीएलओ तथा साहित्य परिषद भूटान अब मिल्नुको विकल्प नरहेको जीवीएलओ का कर्ण गुरुङले बताए ।

कार्यक्रममा मातृभाषा संरक्षण समूहको बारेमा श्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ तथा साहित्य परिषद भूटानको बारेमा श्रष्टा गंगा लामिटारे मन्तव्य राखे ।

त्यसैगरी सोहि कार्यक्रममा गीतकार भिम अधिकारी (कश्यप)को एकल शब्द र सुशिल विश्वकर्माको एकल संगीतमा रहेको गीती एल्बम ‘पिडा’ को विमोचन पनि गरिएको छ ।

कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए ।